संक्रमितलाई बिशेष कार्यक्रम आवश्यक

दैलेखमा भित्र – भित्र भुषको आगोझै सल्किएको एचआईभि संक्रमणले पछिल्ला दिनहरुमा जिल्लाभरनै प्रभाव बढेको     देखिएको छ  ।
कामको खोजीमा भारत गएका, असुरक्षीत यौन सम्र्पक, लगायतका विभिन्न माध्यामहरुबाट जिल्लामा संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ  ।
सरकारले एचआईभि संक्रमितहरुका लागि निशुल्क रुपमा निकै मंहगो औषधि लगायत अन्य हेरचाहका लागि विशेष योजनाहरु ल्याउन थालेपछि आजभोली यो रोग सामान्य रोगको रुपमा लिन थालिएको छ ।
नियमित खानपान र औषधि सेवन गर्न सकेमा एचआईभि संक्रमितहरु बिसौ बर्षसम्म बाँच्ने तथ्याँकहरु समेत बाहिर आईसकेका छन् । बिशेष गरि दैलेखका विभिन्न दुर्गम गाविसहरुबाट कामको खोजीमा भारत गएकाहरुले ल्याएको नासो एचआईभि हो भन्ने थाहा नै नपाएर अकालमा ज्यान गुमाईरहेका छन् ।
गाउँमा संक्रमितहरुलाई गरिने दुरव्यवहार, हेला लगाएतका अन्य समस्याका कारण मानिसहरुको अकालमै मृत्यु भएको छ भने श्रीमानकै        कारण संक्रमणमा परेर कयौं महिलाहरुले समेत यतीवेला एकल जीवन जिउन बाध्य भएका छन् ।
अहिले थाहै नपाएर संक्रमणमा परेका महिलाहरुले जन्माएका बच्चाहरुमा समेत संक्रमण देखिएको छ ।
यस्ता विभिन्न स्थानहरुको पहिचान गरेर सरकारले कानुनी रुपमा बिशेष कार्यक्रमहरु लागु गर्नुपर्ने देखिएको छ । संक्रमित भएका बालवालिकाहरुलाई विद्यालयमा पठनपाठनमा समेत समस्या उत्पन्न हुने लगायतका अन्य सामाजिक रुपमा गरिने विभेदहरुका लागि पनि गाउँ गाउँमा जनचेतना अँझै पुग्न सकेको छैन् । सामान्य रुपमा जिल्लामा गरिने एकआध कार्यक्रमहरु केवल औपचारिकतामा मात्रै सकिने भएकोले बिशेष कार्यक्रम आवश्यक देखिन्छ  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार